रौतहटमा झण्डै डेढ लाख मूल्य बराबरको पटाका नष्ट
न्यूज ब्यूरो, रौतहट । रौतहटमा ठूलो परिमाणमा पटाकाजन्य पदार्थ बरामद गरी नष्ट गरिएको छ । सशस्त्र प्रहरीले बुधबार सो पटाका नष्ट पारेको हो । रौतहटमा नेपाल भारतको दशगजा क्षेत्रबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक अजय थापाको टोलीले उक्त समान बरामद गरि नस्ट गरिएको हो । जिल्लाको राजदेवी

२०७६ कार्तिक ६ बुधबार, राति १०:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा ठूलो परिमाणमा पटाकाजन्य पदार्थ बरामद गरी नष्ट गरिएको छ ।
सशस्त्र प्रहरीले बुधबार सो पटाका नष्ट पारेको हो । रौतहटमा नेपाल भारतको दशगजा क्षेत्रबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक अजय थापाको टोलीले उक्त समान बरामद गरि नस्ट गरिएको हो ।
जिल्लाको राजदेवी नगरपालिका ८ बेलबिछवामा जनप्रतिनिधि, संचारकर्मी, सुरक्षाकर्मीको रहोवरमा बरामद गरिएको पटका नष्ट गरिएको र सोको अन्दाजी १,६९,१०० मुल्य भएको शस्त्र प्रहरी निरीक्षक अजय थापाले बताए ।
दशगजास्थित अवैध रूपमा नेपाल तर्फ भित्र्याउदै गरेको बिभिन्न किसिमका पटाकाहरु निरीक्षक थापाको कमाण्डमा खटेको टोलीले पटाका नियन्त्रणमा लिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…