धनुषाको औरहीमा 'बेटी' हरुलाई साईकल
सम्पूर्ण शिक्षक शिक्षिकाको उपस्थितिमा साईकला वितरण

२०७६ कार्तिक २ शनिबार, बिहान ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बेटी पढाउ, बेटी बचाउ अन्तर्गत धनुषाको औरही गाउँपालिकाकी बेटी (छात्रा) हरुलाई एक कार्यक्रमबीच साईकल वितरण गरिएको छ ।
धनुषाको औरही गाउँपालिका वडा नं.१ पौडेश्वर स्थित रहेको सर्वोदय उच्च माध्यमिक विद्यालयकी छात्राहरुलाई साईकल वितरण गरिएको हो । चर्चित समाजसेवी एवम् प्रदेश नं. २ का प्रदेश साँसद राम अशिष यादवको विशेष पहलमा उनकै हातबाट त्यस विद्यालयमा अध्ययनरत कक्षा ८ की छात्राहरुलाई साईकल वितरण गरिएको हो ।
प्रदेश नं. २ मा जारी मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत धनुषाको क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका प्रदेश साँसद यादवको विशेष पहलमा समाजवादी विद्यार्थी युनियनको सक्रियतामा वितरण गरिएको हो । युनियनका प्रदेश उपाध्यक्ष विकास यादव, सदस्यहरु आमिन राईन, कैजुम साफी सम्बन्धित वडाका वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापक तथा सम्पूर्ण शिक्षक शिक्षिकाको उपस्थितिमा साईकला वितरण गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…