सिरहाबाट ब्राउन सुगरसहित दुईजना फन्दामा
पक्राउ परेकाहरु उपर थप अनुसन्धान भइरहेको डिएसपी अपिलराज बोहराले जानकारी दिए ।

२०७६ असोज ३० बिहीबार, दिउँसो ४:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।
सिरहाको गोलबजार नगरपालिका–५ असनपुरबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीय २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतोलाई पक्राउ गरिएको हो । स्थानीय दुर्गा यादवको कुखुरा फार्ममा लुकाएर प्लाष्टिकको पोकामा तयार पारिएको अवस्थामा दुवैको साथबाट लागुऔषध ब्राउनसुगर ४३० मिलीग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवै जनाले प्रयोग गरेको स ३ प ७६०८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…