धनुषामा ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु, २ घाईते
धनुषाको धनुषाधाम नगरपालिका–५ स्थित नौसयमा माटो खन्न गएकी तीनैजना ढिस्कोमा परेकी हुन् ।

२०७६ असोज ३० बिहीबार, बिहान ९:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको ज्यान गएको छ । दुईजना महिला घाईते भएकी छिन् ।
धनुषाको धनुषाधाम नगरपालिका–५ स्थित नौसयमा माटो खन्न गएकी तीनैजना ढिस्कोमा परेकी हुन् । माटोको ढिस्कोमा परेर घाईते भएकी धनुषाधाम नगरपालिका–२ मुसहरनियाँका श्रीप्रसाद यादवकी १३ वर्षीया छोरी अञ्जली कुमारी यादवको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरी चौकी उमाप्रेमपुरका असई गोपाल श्रेष्ठले जानकारी दिए । घाईते भएकी धनुषाधाम २ का राजकिशोर यादवकी श्रीमति रिंकु यादव र गणेश महतोकी छोरी ममता महतोको उपचार भइरहेको छ ।
माटो खनिरहेको क्रममा भिरमाथिबाट खसेको ढिस्कोले उनीहरु पुरिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…