सिरहा : विद्यालयमा प्रअ छँदाछँदै आर्थिक चलखेल गरी अर्को निमित्त प्रअ नियुक्त
अनावश्यक रुपमा किर्ते गरेर नयाँ निमित्त प्रअ बनाई विद्यालयलाई विवादमा ल्याएर विद्यार्थीको भविष्यसँग खेलवाड गर्न खोजिएको बताए ।

२०७६ असोज २९ बुधबार, राति ९:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको एक स्थानीय तहमा आर्थिक चलखेल गरी विद्यालयको निमित्त प्रअ नियुक्त गरिएको खुलासा भएको छ ।
सिरहाको विष्णुपुर गाउँपालिका-२ स्थित मावि राजपुरमा गाउँपालिकाका शाखा प्रमुख दिपकुमार यादव र वडाध्यक्ष रामईश्वर यादवले गुपचुप रुपमा गैर कानुनी तरिकाबाट किर्ते गरी निमित्त प्रअ नियुक्त गरेको खुलासा भएको हो । गापाका शिक्षा शाखा प्रमुख र वडाध्यक्षले व्यवस्थापन समिति र विद्यालयका प्रअलाई समेत जानकारी नदिएर अर्को प्रअ नियुक्त गरेको खुलेपछि विद्यालयमा बुधबार तालाबन्दी गरिएको छ ।
अनावश्यक रुपमा गैर कानुनी तवरबाट आर्थिक चलखेल गरी नयाँ प्रअ नियुक्ति गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, वडा सदस्यहरु, अभिभावक र विद्यार्थीहरुले विद्यालयमा ताला हानेका हुन् । शिक्षा शाखा प्रमुख र वडाध्यक्षले विद्यालयको लेटर प्याड चोरी गरी किर्ते छाप प्रयोग गरेर विद्यालयमा कार्यरत शिक्षक शिव दयाल यादवलाई निमित्त प्रअ बनाएको छ ।
किर्ते गरी गुपचुप रुपमा निमित्त प्रअमा नियुक्त गरिएका यादवको नामबाट विद्यालयको खातासमेत खोलिएको पाइएको छ । यसअघि विद्यालयको प्रधानाध्यापक जागेश्वर कामति थिए ।
अनावश्यक रुपमा किर्ते गरेर नयाँ निमित्त प्रअ बनाई विद्यालयलाई विवादमा ल्याएर विद्यार्थीको भविष्यसँग खेलवाड गर्न खोजिएको व्यवस्थापन समितिका सदस्य दिनेश्वर यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…