स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेको छु : मेयर मण्डल
नगरप्रमुख मण्डलले गुणस्तरीय सेवा दिन संचालकलाई सुझाव दिँदै क्लिनिकको उत्तरोतर प्रगतिको कामना गरे ।

२०७६ असोज २६ आइतबार, राति ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिका ३ मा जनसेवा डेन्टल क्लिनिक संचालनमा आएको छ ।
धनुषाधामका नगरप्रमुख बालेश्वर मण्डलद्धारा डेन्टल क्लिनिकको विधिवत् उद्घाटन गराएर संचालनमा आजदेखि संचालनमा ल्याइएको हो । सो अवसरमा मेयर मण्डलले मानव स्वास्थ्यलाई मध्यनजर गर्दै क्लिनिक संचालन भएकोमा खुशी व्यक्त गरे ।
उनले अब यस सम्बन्धि विरामीले बाहिर जानुपर्ने बाध्यता हटेको र सहजै सेवा पाउने विश्वास लिए । नगरप्रमुख मण्डलले गुणस्तरीय सेवा दिन संचालकलाई सुझाव दिँदै क्लिनिकको उत्तरोतर प्रगतिको कामना गरे ।
मेयर मण्डलले नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको भन्दै यी कार्यका लागि नगरपालिकाबाट सक्ने सहयोग गर्न पछि नहट्ने प्रतिवद्धता गरे । क्लिनिक संचालक श्याम कुमार साहले आफू व्यापार नभई मानव स्वास्थ्य र सहयोगको लागि क्लिनिक खोलेको बताए ।
क्लिनिकले दिपावलीसम्म निःशुल्क चेकजाँच गर्नेछ । समुद्घाटन समारोहमा वडा १ का विश्वनाथ यादव, ३ का राजकिशोर साह ,४ परिक्षण यादव, नेकपा नेता योग कुमार यादव, नगर स्वास्थ्य संयोजक शैलेन्द्र यादव लगायत स्थानीय व्यपारी लगायतका उपस्थित थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…