जनकपुरमा 'प्लाष्टिक' बैन गर्न अभियानीहरु घरघरमा
कपडाको वातावरणमैत्री झोला वितरण गर्दै प्लाष्टिक र पोलिथिन बहिष्कार लेखिएको पम्पलेट समेत वितरण गरिएको हो ।

२०७६ असोज २६ आइतबार, दिउँसो १:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको अवसर पारेर जनकपुरधाम सफाई महाअभियानका अभियानीहरु आज घरघरमा प्लाष्टिकलाई बहिष्कार गर्न चेतनामूलक कार्यक्रम गरेका छन् ।
गँगा सागर सरसफाई एवम् क्लीन एण्ड ग्रीन जनकपुर महाअभियानका अभियानी अगुवा तथा राम अशिष यादवको अगुवाईमा जनकपुरको वकिल टोलमा घरघरमा कपडाको झोला वितरण गर्दै सिँगल यूज प्लाष्टिक अर्थात एक पटक प्रयोग हुने प्लाष्टिकको झोला बहिष्कार गर्न सचेतनात्मक अभियानलाई निरन्तरता दिइएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ वकिल टोलमा समाजसेवी यादवकै नेतृत्वमा कपडाको झोला घरघरमा वितरण गरिएको हो ।
गँगासागर सफाई अभियानबाट गत वि.सं. २०७० सालदेखि नै सुरु भएको गँगासागर सरसफाई अभियानलाई निरन्तरता दिँदै मानव सभ्यता तथा पर्यावरण संरक्षणको लागि जनकपुरमा प्लाष्टिक पूर्णत प्रतिबन्ध र बहिष्कारको लागि आग्रह गरिएको हो । जनकपुरधामको सबै वडामा अभियानको वार्षिकोत्सव तथा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको अवसरमा प्लाष्टिक बैन गर्न सबैले आ आफ्नो तहबाट सहयोग गर्न आग्रह गरिएको हो ।
जनकपुरधामको सबै वडामा गरिएको जनचेतनामूलक कार्यक्रम अन्तर्गत जनकपुरधाम उपमहानगपालिका वडा नं. १ मा प्लाष्टिक प्रतिबन्ध र त्यसको दबाबको लागि बहिष्कार कार्यक्रम गरिएको हो । गत वर्ष सन् २०१८ जुन ४ देखि सुरु भएको प्लाष्टिक बैन अभियानलाई निरन्तरता दिँदै प्लाष्टिकलाई पूर्ण रुपले बन्द गर्न अभियानलाई तिव्रता दिइएको हो । गत वर्षदेखि नै प्लाष्टिक पोलिथिन मुक्त अभियानका
एवम स्वच्छता अभियानी तथा प्रदेश साँसद (विद्यायक) राम अशिष यादबको नेतृत्वमा यी कार्यक्रमहरु निरन्तरता पाएको हो ।
यसका साथै एन्टि प्लाष्टिक म्यान एवम् समाजसेवी कृष्ण चन्द्र साहको संयोजनमा जारी राखिएको प्लाष्टिक मुक्त जनकपुरधाम अभियान अन्तर्गत स्वच्छता अभियानीहरुले वकिल टोलको घरघरमा पुगेर कपडाको वातावरणमैत्री झोला वितरण गर्दै प्लाष्टिक र पोलिथिन बहिष्कार लेखिएको पम्पलेट समेत वितरण गरिएको हो ।
सो अभियानको आजको कार्यक्रममा प्रदेश नं. २ का नीति आयोगका उपाध्यक्ष प्रा. डा. भोगेन्द्र झा, सदस्य महारुद्र झा, संघीय प्रहरी ईकाई कार्यालय जनकपुरका प्रमुख (एसएसपी) किशोर दाहाल, युएनडिपि एसडिसि कार्यक्रमका संयोजक अर्जुन कुशबाहा, समाजसेवी अमरचन्द्र अनिल, स्वच्छता अभियन्ता एवम् अधिवक्ता राजकुमार महासेठ, वडाध्यक्ष शत्रुधन साह, स्वच्छता अभियन्ता रवि गोयन्का , वन अधिकृत एवम् सफाई पर्यावरण अभियन्ता सरेश शर्मा , अभियन्ता मनोज राय, जगदीश साह , बैधनाथ सिंह, हरिकान्त मिश्रा, सहकारी अभियन्ता धुब्रनारायण यादव, एन्टी प्लास्टिक म्यान अभियन्ता कृष्ण चन्द्र साह, वडा नं. २५ का सफाई अभियन्ता बजरंग यादव, अभियन्ता अमित झा, सुमित कर्ण लगायतका अभियानीहरुको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…