रौतहटमा आगलागी, भैँसी–बाख्रासहित लाखौंको धनमाल जलेर नष्ट
दशैं तिहारको समय घरमा भएको आगलागीका कारण विप्पन रामविश्वास मुुखियाको परिवार बिच्चलीमा परेका छन् ।

२०७६ असोज २० सोमबार, बिहान ९:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
जिल्लाको दक्षिणीभेग राजपुर नगरपालिका वडा २ स्थित एकघरमा गएराति आगलागी भएको हो । आगलागीमा परेर घरभित्र रहेको तीनवटा भैँसी र ६ वटा बाख्राको जलेर नष्ट भएका छन् ।
राजपुर २ फतुुआटोलका रामबिश्वास मुखियाको खरको छाना रहेको घरमा शनिवार राति ९ बजे बिद्युत सर्ट भई आगलागी भएको थियो । आगलागीबाट गाई भैसीसहित घरमा रहेको अन्नपात,लता कपडा र घर समेत पुर्णरुपमा जलेर ५ लाख बराबरको क्षती भएको प्रहरी नायव निरीक्षक सई दिपक गुुप्ताले बताए ।
ईलाका प्रहरी कार्यालय राजपुरबाट सई गुुप्ताको नेतृत्वमा गएको टोली र स्थानियको सहयोगमा आगलागी नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पीडित मुखिया विप्पन परिवारका रहेकाले एउटै घरमा पशुु चौपाया बाँध्नुु देखि सपरिवार बस्दै आएको प्रहरीले जनाएको छ ।
हिन्दुुहरुको महानपर्व दशैं तिहारको समय घरमा भएको आगलागीका कारण विप्पन रामविश्वास मुुखियाको परिवार बिच्चलीमा परेका छन् । उनीहरु अहिले छिमेकीको घरमा शरण लिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…