मधेस सरकार व्यक्तिगत स्वार्थपूर्तिमा लागेपछी अर्थ व्यवस्था खस्कियो : प्रभू साह
'देशमा सबैभन्दा बढी कृषि, उद्योग, व्यापार र पर्यटनको संभावना भएको प्रदेश हाम्रो प्रदेश हो ।

२०७६ असोज १९ आइतबार, बिहान ८:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले प्रदेश २ सरकारका पदाधिकारीहरु आआफ्नो व्यक्तिगत स्वार्थमा डुबेका कारण प्रदेशको अर्थ व्यवस्था झन धारासायी बन्दै गएको बताएका छन ।
रौतहट क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य समेत रहेका साहले , दिपावली तथा छठ पर्वको अवसरमा रौतहट सदरमुकाम गौरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रदेश सरकार बदनियतपूर्ण ढङ्गले आन्तरिक अर्थ व्यवस्था बिगार्न सक्रिय रहेको बताए । अध्यक्ष साहले भने, - "विभेदविरुद्धको लामो संघर्षपछि राज्य नयाँ संरचनामा गएको छ । जस अन्तर्गत प्रदेश सरकार नयाँ अभ्यासको रुपमा रहेको छ । हामीलाई लागेको थियो कि हाम्रो प्रदेशको सरकारले कमजोर स्थितिमा रहेको अर्थ व्यवस्थालाई माथि उकास्नेछ । तर दुर्भाग्य शासक नै आफ्नो ब्यक्तिगत स्वार्थपुर्तीमा लागेपछि प्रदेशको अर्थ स्थिति नाजुक बनेको साहको आक्रोश थियो ।
साहले थपे - 'अन्य प्रदेशको तुलना प्रदेश नम्बर २ मा अनावश्यक पदहरुको सृजना गरिएको छ । अन्त ७ सदस्यीय मन्त्रीमण्डल छ भने यस प्रदेशमा दोब्बर छ । जसको कारण यसै खर्च बढेको छ । त्यस्तै अन्य प्रदेशको तुलनामा जनप्रतिनिधि तथा सार्वजनिक पदमा आशिन व्यक्तिहरुको तलब तथा सेवा सुबिधा झण्डै दोब्बर छ । यसरी सबैभन्दा गरिब प्रदेशमा सबैभन्दा धेरै पैसा खर्च हुनाले प्रदेशको अर्थ व्यवस्थामा ठूलो धक्का लागेको छ ।'
'देशमा सबैभन्दा बढी कृषि, उद्योग, व्यापार र पर्यटनको संभावना भएको प्रदेश हाम्रो प्रदेश हो । यी क्षेत्रहरुमा लगानी गरि थप उत्पादन बढाउन त कता हो कता पहिला देखि स्थापित रहेका थोरबहुत उद्योग व्यवसाय पनि दयनीय अवस्थामा पुगिरहेको छ ।'
अध्यक्ष साहले भने, -"औद्योगिक बिकासका लागि विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक क्षेत्रहरू निर्माण गर्न सकिन्छ । व्यापार व्यवसायका लागि सडक पूर्वाधार तथा बजार बिस्तार गर्न सकिन्छ । कृषिमा आधुनिकीकरण गरेर उत्पादन बढाउन सकिन्छ । प्रदेशको अर्थ व्यवस्था र प्रदेशवासीको आर्थिक अवस्था उकास्न सक्ने यस्ता काम गर्नको साटो प्रदेश सरकार कमिसनको आधारमा योजना बाँड्ने काममा ब्यस्त छ।"
फरक प्रसंगमा बोल्दै अध्यक्ष साहले समृद्धिको बाटोमा अग्रसर सरकारलाई बदनाम गर्न प्रतिगामी तत्वहरुले आफुले गरेको गलत काम वर्तमान सरकारको नाममा थुपार्न षड्यन्त्र गरेको बताए । अध्यक्ष साहले सरकारविरुद्ध गरिएको गलत प्रचारको पछि नलाग्न तथा यथार्थबारे आफैले मनन गर्न सबैलाई आग्रह गरे ।कार्यक्रममा संघीय सान्सद रेखा झा ,समिना हुसेन ,प्रदेश न दुइका प्रदेश सान्सद बाबुलाल साह ,कुन्दन कुशवाहा सहितले पनि प्रदेशमा भ्रष्टाचार बढेको बताउदै यस प्रती गम्भीर बन्नु पर्ने आजको आवश्यकता रहेको बताएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…