दुर्गाको 'बेलनौति' मा हेलिकप्टरले पुष्प बर्षा
वेल नेवतन कार्यक्रममा हेलिकप्टरबाट पुष्प वर्षा सहित भब्यताका साथ सम्पन्न गरिएको छ ।

२०७६ असोज १७ शुक्रबार, दिउँसो ३:५२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । दुर्गा पूजाको अवसरमा गरिने बेलनौति विधिमा हेलिकप्टरबाट पुष्प बर्षा गरिएको छ ।
तराई मधेशका जिल्लाको साथै सिमावर्ती मित्र राष्ट्र भारतमा पनि रौतहटको मत्सरीमा हुने दुर्गा पुजा प्रसिद्ध रहेको छ । दुर्गा पुजाको एक सय बर्षको उपलक्ष्यमा शुक्रवार १७ गते वेल नेवतन कार्यक्रममा हेलिकप्टरबाट पुष्प वर्षा सहित भब्यताका साथ सम्पन्न गरिएको छ ।
काठमाडौमा कार्यरत रहेका स्थानीय बुधीजिबि ,डाक्टर ,इनजिनियर लगायतको पेशामा आबद्ध युवाहरुको लगानीमा आज (विहिबार) विशेष अवसरका दिन हेलिकप्टर बोलाइएको स्थानीय प्रभात झाले बताए । बेलनेवतनमा संघीय सान्सद अनिल झा , प्रदेश नं. २ का कृषि राज्य मन्त्री योगेन्द्र यादब , भौतिक पुर्वाधार राज्य मन्त्री डिम्पल झा ,दुर्गाभगवती गाउपलिकाका अध्यक्ष अरुन साह , प्रमुख जिल्ला अधिकारी किरण थापा, वडा अध्यक्ष डिके झा सहित सयौं भक्तजनले सहभागिता जनाएको थियो ।
तान्त्रिक पद्धतीबाट गरिने दुर्गा पुजालाई हेर्न हजारौ श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । दर्शन गर्ने भक्तजनहरु सहि हृदयबाट मागेको भाकल बर्ष दिन नवित्दै पुरा हुने प्रचलनका कारण मत्सरीको दुर्गा मन्दीरमा प्रत्येक बर्ष श्रद्धालु भक्तजनहरुको ठूलो घुइचो लाग्ने गरेको छ ।
दुर्गा पुजा समितिका संयोजक विनयकुमार झाले यहाँ त्रान्त्रिक पद्धतीबाट गरिने पुजालाई बढी महत्व दिइन्छ, पुजाको समयमा लाग्ने मेलामा व्यापार गर्न निम्ता दिदैनन् तर उनीहरु स्वस्फूर्त रुपमा आएर विभिन्न खेल तमाशा, लगायत साना बालबालिकाहरु देखि लिएर ठूलाबडा सम्महरुको इच्छालाई पुरा गराउन खास ढंगबाट तयारी गरिएको बताए ।
दुर्गा भवानीको आँखाको नानी राख्नका निमित्त वेल निमन्त्रण कार्यक्रम षष्टी तिथिको गरिन्छ उक्त अवसरमा मन्दीरको डोला लिएर भक्तजनहरु एक किलोमिटर उत्तरमा रहेको भलोहिया गाउँमा पुगेर बेलको रुख मुनी पुजाआजा गरी जोडा बेललाई पहेलो कपडाले ढाकेर निमन्त्रण गरी राति पुन: मन्दीरमा फर्किन्छन् । भोली पल्ट पुन : डोलाको साथमा गएर उक्त वेललाई टिपेर ल्याई माता दुर्गाको आँखाको नानी बनाई बेल निमन्त्रण कार्य पुरा हुने गरेको -उनले भने ।
शनिवार राति १० बजे देखि अष्टमी तिथि परेको हुँदा निशा पुरा पनि सोही दिन राति हुने स्पष्ट पार्दै संयोजक झाले निशा पुजाको रातभरी चल्ने गरेको सोही क्रममा मसान पुजा समेत गरेर विहान पल्ट बोकाको बली दिई उक्त निशा पुजा सम्पन्न हुने गर्दछ । पुजा गर्ने विभिन्न विधि विधान भएपनि तान्त्रिक पुजारलाई बढी महत्वका साथ मत्सरीमा गर्ने गरेको प्रथाको एक सय बर्ष पुरा भएको उनले बताए ।
एक सय अघि मत्सरी गाउँमा हैजाको ठूलो प्रकोप थिए जसबाट धेरै मान्छेहरुको ज्यान गएको थियो । बर्षेणी हैजाको महामारी भईरहदा पनि नेपाल सरकार संग रोकथामको ठोस उपाय थिएन सोही क्रममा भारत दरभंगा जिल्लाको उचइठ भगवतीको मुख्य पुजारीको गाउँमा आगमन हुँदा उनले दुर्गा पुजा गर्न सलाह दिएका थिए । उक्त सुझावलाई मनन गर्दै पुजा आरम्भ गरिए देखि हैजाको प्रकोप समाप्त भएको र मत्सरी गाउँका बासिन्दाहरु साक्षर एवं आर्थिक अवस्था क्रमिक रुपमा सुधार हुँदै जाँदा दुर्गा पुजा प्रति गाउँलेहरुको आस्था बढेको इतिहास रहेको दुर्गा पुजा समितिका संयोजक झाले स्पष्ट पारे ।
माओवादी द्धन्दकाल होस वा तराईका भुमिगत संगठनहरु होस तथा अन्य कुनै अपराधिक गतिविधि मत्सरीमा सोको कुनै प्रभाव आम जनता तथा गाउँ माथि नपरेको विश्वासका कारण नै दुर्गा पुजा आज मत्सरीको प्रमुख पर्वको रुपमा प्रसिद्ध रहेको छ । मत्सरी मात्रै नभई तराई मधेश देखि लिएर सिमावर्ती भारतीय क्षेत्रमा दुर्गा पुजा प्रति निकै विश्वास रहेको उनले बताए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…