ज्येष्ठ नागरिकप्रति अनुदार समाज !
आधुनिकतासँगै अग्रजप्रति गर्नुपर्ने सामाजिक दायित्वसमेत खुम्चदै गएको हो कि भन्ने गुनासो पनि बढ्दै गएको छ ।

२०७६ असोज १७ शुक्रबार, बिहान ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली समाज ज्येष्ठ नागरिकप्रति अनुदार रहेको गुनासो गरिएको छ ।
समाजका गहनाका रुपमा स्वीकार्नु गर्नुपर्ने ज्येष्ठ नागरिकप्रतिको सामाजिक भेद्भाव, परिवारको अपमानजनक व्यवहार र एकाङ्की जीवन कारुणिक हुँदै गएको छ । धेरैजसोले समाज र परिवारबाट सम्मान र संरक्षण पाउन सकेका छै्रनन् ।
बाबुआमाको सम्पत्तिमा गिद्देदृष्टि, छोराछोरी विदेशिनु, परिवारका सदस्यले ज्येष्ठ नागरिकको मनोदशा बुभ्mन नसक्नु, राज्यको उपेक्षालगायतका कारणले ज्येष्ठ नागरिकप्रति नेपाली समाज सधैँ अनुदार र असहयोगी रहदै आएको छ । आधुनिकतासँगै अग्रजप्रति गर्नुपर्ने सामाजिक दायित्वसमेत खुम्चदै गएको हो कि भन्ने गुनासो पनि बढ्दै गएको छ ।
सरकारले पनि ज्येष्ठ नागरिकलाई जति मात्रामा हेर्नुपर्ने हो त्यति हेर्न सकेको छैन । राज्यले ज्येष्ठ नागरिकलाई सेवा सुविधा नदिएको होइन । सरकार स्थानीय तहले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, बजेट विनियोजन गर्ने, परिचयपत्र वितरण, ज्येष्ठ नागरिक भत्ता र स्वास्थ्य भत्ता वितरण गर्ने जस्ता काम गर्दैै आएका छन् ।
यसैगरी, ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, यातायात शुल्कमा छुटलागयतका सेवा पनि राज्यले प्रदान गर्दै आएको छ । तर, राज्य तहबाट हुने यो सेवा, सुविधा पर्याप्त देखिएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…