राज्यमन्त्री यादवको सक्रियतामा रौतहटमा बढ्दैछ सपाको लोकप्रियता
राज्यमन्त्री यादवले शुक्रबार पुनः जिल्लाका चर्चित व्यक्तित्वहरुलाई पार्टीमा भित्र्याएका छन् ।

२०७६ असोज ११ शनिबार, बिहान ८:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको राजनितिमा पछिल्लो समय ठूलो परिवर्तन हुँदै गएको छ ।
राजपाले विजयी प्राप्त गरेको क्षेत्र नं. १ मा समाजवादी पार्टीले आफ्नो प्रभाव बढाउन थालेको देखिएको छ । राजपा नेपालका अध्यक्ष मण्डलका सद्स्य समेत रहेका अनिल झा यस क्षेत्रका सांसद हुन् ।
क्षेत्र नं. १ ‘क’ बाट राजपाका तर्फबाट बाबुलाल साह प्रदेश सांसद छन् । एकको ‘ख’ बाट भने तत्कालिन फोरम नेपाल नेता एवं वर्तमान प्रदेश २ सरकारका भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्र यादवले प्रदेश सभामा प्रतिनिधित्व गर्छन् । राज्यमन्त्री यादवकै विशेष सक्रियताले यस क्षेत्रमा समाजवादी पार्टीप्रति जनताको रुझान र झुकाब बढ्दै गएको देखिन्छ ।
बुधबार मात्र क्षेत्रको जेठरहियामा दशैं सहनीको नेतृत्वमा सयौं पार्टी प्रवेश गराएका राज्यमन्त्री यादवले शुक्रबार पुनः जिल्लाका चर्चित व्यक्तित्वहरुलाई पार्टीमा भित्र्याएका छन् । खास गरी क्षेत्र नं. १ दुर्गा भगवती गाउपालिका र यमुनामाई गाउपालिकाका अगुवा नेताहरु नेपाली कांग्रेस र नेकपा परित्याग गरी जनकपुरमा समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
छोटन सिंंह, उपेन्द्र मिश्र, रामकिशोर यादव, लालविहारी साह, मेधुराय यादव, पंकज सिंह, पप्पु तिवारी, अनिश मिश्र र सुखल ठाकुरलगायतले समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतबाट सदस्यता ग्रहण गरी पार्टीमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा राज्यमन्त्री यादवसहित रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, जिल्ला सहईन्चार्ज विरेन्द्र यादव, समाजवादी युवा संघका केन्दिय सदस्य दिनेश यादव लगायतका उपस्थित थिए । रौतहटमा भने पार्टीको जिल्ला स्तरीय प्रवेश कार्यक्रम दशैं–तिहारपछि हुने कार्यक्रम रहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…