नक्कली तमसुक बनाएर गरिब लुट्ने श्याम परदेशी जेल चलान
जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार परदेशीविरुद्द ठगी, अपराधिक लाभलगायत मुद्दा दर्ता गरेको थियो ।

२०७६ असोज १० शुक्रबार, राति ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पैसा चर्को ब्याजमा लगाएर तमसुक बनाई ऋणीहरुलाई चरम शोषण गर्ने सर्लाहीका साहु श्याम कृष्ण साह परदेशी पूर्पक्षका लागि जेल चलान भएका छन् ।
नक्कली कागज बनाएर ठगी गरेको आरोपमा पक्राउ परेका परदेशीलाई सर्लाही जिल्ला अदालत मलंगवाले शुक्रबार पूर्वपक्षका लागि थुनामा राख्न आदेश गरेको हो । उनलाई जिल्ला अदालत १ नम्बर न्यायाधिश कृष्णराम कोईरालाको ईजलासले पूर्व पक्षका लागि थुनामा राख्द आदेश दिएको जनाएको छ ।
सर्वसाधारण गरिब एवं विपन्नहरुको बाध्यताको फाइदा उठाउँदे चर्को ब्याजमा ऋण दिएर मनोमानी मुरसहित ब्याज अशुल्ने, घरघडेरी जफ्त गर्ने, उठीबास गराइदिने, चरम शोषण गर्ने जस्ता गोरखधन्दाको पोल खुलेपछि परदेशीलाई प्रहरीले गत भदौ १५ गते साँझ मलंगवाबाट पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार परदेशीविरुद्द ठगी, अपराधिक लाभलगायत मुद्दा दर्ता गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…