सिरहाकी १ सय २३ छात्रालाई प्रदेश सरकारको साईकल
प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुमार सिंहले साईकल हस्तान्तरण गरेका हुन् ।

२०७६ असोज १० शुक्रबार, दिउँसो ३:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत सिरहामा साईकल वितरण गरिएको छ ।
बिहीबार सिरहाको दुई स्थानमा झण्डै एकसय २३ जना छात्रालाई साईकल हस्तान्तरण गरिएको हो । सिरहाको सुखिपुर नगरपालिका वडा नं. १० स्थित रहेको जउमावि दहिपौडी र धनगढीमाई नगरपालिका वडा नं. ७ कसहामा अवस्थित जमाविमा अध्ययनरत छात्राहरुलाई साईकल बाँडिएको छ ।
प्रदेश सरकारले उपलब्ध गराएको साईकल एक कार्यक्रमबीच प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुमार सिंहले हस्तान्तरण गरेका हुन् । कसहामा ७३ र दहिपौडीमा ५० गरी १ सय २३ जना छात्रालाई साईकल वितरण गरिएको मन्त्री निकट रोशन कुशवाहाले जानकारी दिए ।
साईकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री सिंहले महिला र पुरुषबीच रहेका भेदभाव अन्त्य भएमात्र मुलुक समृद्ध हुने बताए । उनले मुख्यमन्त्रीद्धारा सञ्चालित बेटी पठाउ, बेटी बचाउ अभियानले समाजलाई नयाँ दिशा तर्फ डोर्याएको बताए ।
यस्तै, कार्यक्रममा सहभागी नेपाल सरकारका पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री एवं समाजवादीका नेता शुत्रुधन प्रसाद सिंहले मधेशलाई अगाडी बढाउन महिला शिक्षामा जोड दिनुपर्ने धारणा राखे । उनले महिला शिक्षित भएमात्र मधेश शिक्षित हुने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…