धनुषाको शहिदनगरमा एक युवकको लास
शवको प्रकृति हेर्दा कसैले हत्या गरी फालेको हुन सक्ने अनुमान
२०७६ असोज १० शुक्रबार, बिहान १०:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका स्थित एक पुरुषको बेबारिसे शव फेला परेको छ ।
शहिदनगर नगरपालिकाको वडा नं. ४ ननुपट्टी टोल स्थित वडा कार्यालय भन्दा करिब पाँच सय मिटर उत्तरतर्फको कुलो (पैनी) मा आज (शुक्रबार) बिहान ७ बजे एक युवक मृत अवस्थामा फेला परेको हो । अन्दाजी ३५ बर्षको युवकको लास घोप्टो अवस्थामा कुलोको छेउमा तैरिएको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक दिपक बाबू केसी घटना स्थलमा पुगेका थिए ।
प्रहरीका अनुसार यहाँका स्थानीयहरुले घटना बारे हामीलाई जानकारी गराएका थिए हाम्रो प्रहरीको टोलि आउँदा अन्दाजी ३५ वर्षीय देखिने युवकको शव कुलोको छेउमा घोप्टो परेको अवस्थामा भेटाए पनि मृतकको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक केसीले बताए । शवको प्रकृति हेर्दा कसैले हत्या गरी फालेको हुन सक्ने अनुमान गरिएपछि विस्तृत जानकारी पोष्टमार्टमको रिपोर्टपछि मात्र भन्न सकिने प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमको लागि जनकपुर अंचल अस्पताल पठाएको छ र मृतकको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सुरेन्द्र यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…