मदिराजन्य पदार्थप्रति आक्रमक बन्दै ईन्सपेक्टर थापा, भट्टीमै छापा
मदिरा नियन्त्रणमा सक्रिय रुपमा प्रस्तुत हुँदै गएका ईन्सपेक्टर थापाको सक्रियतामा झण्डै ३ सय ५० लिटर अवैध मदिरा नष्ट पारिएको हो ।

२०७६ असोज ५ आइतबार, बेलुकी ७:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । अवैध मदिराका कारण अपराधिक क्रियाकलापलाई प्रश्रय मिलेको भन्दै ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन कुमार थापा पछिल्लो समय आक्रमक बन्दै गएका छन् ।
मदिराजन्य पदार्थप्रति आक्रमक बन्दै गएका ईन्सपेक्टर थापाले आईतबार भारी परिमाणमा अवैध मदिरा नष्ट पारेका छन् । मदिरा नियन्त्रणमा सक्रिय रुपमा प्रस्तुत हुँदै गएका ईन्सपेक्टर थापाको सक्रियतामा झण्डै ३ सय ५० लिटर अवैध मदिरा नष्ट पारिएको हो ।
ईप्रका धनुषाधामको टोलीले विभिन्न समयमा चेकजाँचको क्रममा बरामद गरेको अवैध मदिरा नष्ट गरिएको ईन्सपेक्टर थापाले बताए । अवैध मदिराका कारण विभिन्न समयमा अपराधिक क्रियाकलापलाई प्रश्रय मिलेको भन्दै यस्ता अपराधिक क्रियाकलापलाई जरैदेखि उखेल्न आफूहरु प्रयासमा लागेको बताए ।
प्रहरीले धनुषाधामका मेयर बालेश्वर मण्डल, वडा नं. १ का वडाध्यक्ष विश्वनाथ यादव, वडा २ का प्रभु नारायण साह, ३ का राजकिशोर साह, ७ का हेमशंकर यादव, नेकपाका स्थानीय नेता योगकुमार यादव, स्थानीय बुद्धिजीवी, पत्रकार, युवासमेतको रोहबरमा मदिरा नष्ट गरेको जनाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…