कमला नदिलाई मानव सभ्यताको रुपमा हेर्नुपर्छ : उपाध्यक्ष झा
कमलाको वरिपरि रहेको वडाहरु संग समन्वय गरेर बिचबिचमा अन्तरक्रिया गर्नु पर्ने आवश्यक

२०७६ असोज ४ शनिबार, राति ९:०८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का नीति आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर भोगेन्द्र झाले कमला नदिलाई मानव सभ्यताको दृष्टिकोणले हेर्नुपर्ने बताएका छन् ।
प्रत्येक साता कमला बचाउ अभियान अन्तर्गत हुँदै आएको जागरण कार्यक्रम तथा वृक्षारोपण कार्यक्रम अन्तर्गत शनिबार धनुषाको हथमुण्डामा गरिएको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । कमला नगरपालिका वडा नं. ७ हथमुण्डाको रामजानकी मन्दिरको प्राँगनमा थालिएको कमला बचाउ अभियानको जागरण कार्यक्रममा प्रा.डा. झाले कमला नदी धनुषा र सिरहावासीको लागि संजीवनीको रुपमा प्राकेतिक वरदानको रुपमा स्थापित भएको बताए ।
कमला नगरपालिकाका नगर प्रमुख (मेयर) राम उदगार गोईतको अध्यक्षता एवम् डा. झाकै प्रमुख आतिथ्यमा सम्पन्न कमला बचाउ अभियानको साप्ताहिक कार्यक्रममा प्रदेश नं. २ का वन निर्देशनालयका अधिकृत एवम् कमला बचाउ अभियानका सल्लाहकार तथा पर्यावरणवादी व्यक्तित्व सुरेश शर्माले कमला बचाउ अभियानीहरुको अभियानप्रति कृतज्ञता व्यक्त गर्दै अभियान सफलताको शुभकामना समेत दिए । उनले कमला नदिको अस्तित्व बचाउन सके यहाँका आम नागरिकले प्रसस्त फाईदा उठाउन सक्ने जीकिर गरे ।

सो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित भएका धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले आफूलाई कमला अभियानी भनाउन रुचाएको बताए । उनले भने, - "हामी कमला अभियानी हौ, यस कार्यक्रममा आफु कुनै पार्टीको प्रतिनिधि नभइ अभियानीको रुपमा छौ । कमला अभियानमा हामी साथ छौ, कमला बचाउ अभियानमा स्थानीय तहबाट हुन सक्ने काममा कदापि पछाडि नहट्ने प्रतिबद्धताका साथ साथै कमला भेगमा पर्ने सम्पुर्ण नगरपालिकाका नगर प्रमुखहरु संग समन्वय गरेर अगाडी बढ्न आग्रह पनि गर्दछु ।"
आफु केन्द्रिय सरकारलाई पटक पटक कोशी, कमला डाईभर्सन र चुरे संरक्षणको पहल गरेको बताउँदै अबको केही दिनमै प्रधानमन्त्री केपि शर्मा ओली संग भेटेर कमला बचाउ अभियानको लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरे । यस्तै, नगर प्रमुखको हैसियतले अध्यक्षको कुर्शीबाट बोल्दै कमला नगरपालिकामा मेयर राम उदगार गोइतले आफू पनि यस अभियानलाई पुर्ण रुपले आत्मसात गर्दै आगाडी बढने बताए । सम्पूर्ण वडाअध्यक्ष सदस्यीय आफनो ठाउँ बाट कटिबद्ध भएर साथ दिए मात्र अभियान सफल हुने उनले जीकिर गरे । कमलाको वरिपरि रहेको वडाहरु संग समन्वय गरेर बिचबिचमा अन्तरक्रिया गर्नु पर्ने आवश्यक रहेको बताए ।
कमला बचाउ अभियानका उत्सर्गकर्ता एवम् सँस्थापक अगुवा विक्रम यादवले कमला बचाउ ,भुमि बन्जर हुन बाट बचाउ ,पर्यावरण जोगाउनु , चुरेलाई पनि बचाउनुपर्ने उत्तिकै आवश्यकता रहेको औल्याए । उनले कमला नदीको वरिपरिमा बृक्षारोपन गरेमा सजिलै तटबन्ध पनि वायु प्रदुषण न्यूनीकरण हुने जिकिर गरे । साथै, रामजानकी मन्दिरको परिसरमा वृक्षारोपण गर्दै निरन्तर रुपमा यो अभियानलाई जीवन्तता प्रदान गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।
सो कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष तपेस्वर यादव , वडा नं. ६ का वडाध्यक्ष समसुल मिया ,कमला बचाउ अभियानका संयोजक बिक्रम यादव, कमला अभियानि बिनोद महरा, सुरेन्द्र यादव, राजकिशोर सल्हैता, श्याम सिंह , रुपेश बिराजी, रिजवान अनसारी लगायत किसान, विभिन्न वडाका वडासदस्य, बुद्धिजिवीहरुको उपस्थित रहेको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…