धनुषा प्रहरीद्धारा अवैध मदिरा नष्ट
न्यूज ब्यूरो, महेन्द्रनगर । धनुषा प्रहरीको अवैद्य मदिरा नष्ट अभियानको क्रममा बुधबार समेत मदिरा नष्ट गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय बिघा स्थित रहेको उमाप्रेमपुर प्रहरी चौकी इन्चार्ज गोपाल श्रेष्ठ नेतृत्वको टोलि विभिन्न समयमा चेकजाँच गर्ने क्रममा पक्राउ गरि बरामद गरेको करिब १ सय

२०७६ असोज १ बुधबार, राति ९:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महेन्द्रनगर । धनुषा प्रहरीको अवैद्य मदिरा नष्ट अभियानको क्रममा बुधबार समेत मदिरा नष्ट गरिएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय बिघा स्थित रहेको उमाप्रेमपुर प्रहरी चौकी इन्चार्ज गोपाल श्रेष्ठ नेतृत्वको टोलि विभिन्न समयमा चेकजाँच गर्ने क्रममा पक्राउ गरि बरामद गरेको करिब १ सय १० लिटर मदिरा नष्ट गरेको हो। अवैध मदिराको कारण विभिन्न समयमा घटना घटीरहेको हुनाले निगरानीको रुपमा नष्ट गर्दै आएको बताए । "मेरो एरिया भित्र अवैध कारोबार देखि अवैध सामग्री हामी चल्न दिने छैन ।" - उनले भने ।
धनुषाधाम नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष इन्द्र कुमार महतो , स्थानीय बुद्धिजीवी नागरिक पत्रकार , एस पि डि इङ्ग्लिश बोर्डिङ स्कुल का प्रधानध्यापक मो मोखतार हुसेनको रोहबरमा उक्त परिमाणको अवैद्य मदिरा नष्ट गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…