पत्रकारसँग नेपाली सेना
सो कार्यक्रममा इन्द्रबक्स गणका कर्नेल सामन्तबहादुर खाड, प्रदेश नम्वर २ पृतना जनकपुर सहितका सेनाका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति

२०७६ भदौ २७ शुक्रबार, राति ८:१६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेपाली सेनाका समारोह समिति निर्देशनालयका महासेनानी इश्वरकुमार श्रेष्ठले सुचना प्रविधीलाई व्यवस्थित बनाउदै नागरिक संगको सम्बन्धलाई सुमधुर बनाउने कार्यमा नेपाली सेना लागि परेको बताएका छन् ।
नेपाली सेनाद्धारा शुक्रवार रौतहट सदरमुकाम गौरमा आयोजित नागरिक सैनिक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासेनानी श्रेष्ठले सिमित क्षेत्रमा मात्रै नरही नागरिक संगको सम्बन्धलाई सुमधुर बनाउने अभियानमा सेना लागेको स्पष्ट पारे । विभिन्न जातजाती एवं भाषाभाषीले भरिएको मुलुकमा सम्पूर्ण जनतालाई समावेश गरेर अघि बढ्न नेपाली सेना कटिबद्ध रहेको बताउदै उनले मधेश सहित अन्य समुदायको प्रतिनिधित्व झल्कीने गरी सवैको साझा सेना वन्ने अभियान वर्तमान प्रधान सेनापतिको प्रमुख सक्रियतामा अभियान सुरु भएको समेत उनले प्रष्ट पारे ।
नेपाली जनताको खुनपसिनाबाट तिरिएको राजस्वबाट नै सिंगा मुलुक चलिरहेको अवस्थामा सेना पनि नेपाली जनताको अभिन्न अंग रहेको हुँदा सिमानाको रक्षामा मात्रै सिमित नरही नागरिकको हरेक सुख दुखमा हातेमालो गरेर सेना अघि बढ्ने विश्वास व्यक्त गरे । सो अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरी, जेष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर झा, संचारकर्मी फणीदेव महत, प्रभातकुमार झा, लगातयका नागरिक अगुवाहरुले संघिय लोकतान्त्रिक गणतन्त्रमा नेपाली सेना विपदको समयमा मात्रै नभई अन्य समयमा पनि नागरिक संग खुकुलो बन्नु पर्ने सुझाव दिए ।
सड्क, खोला, पुलपुलेशा लगायत मुलुकको एकता अखण्डताको जगेर्णा गर्नुका साथै नेपाली सेनामा भर्ना प्रक्रिया सहज र पारदर्शी बनाउनुपर्नेमा जोड दिए । सो कार्यक्रममा इन्द्रबक्स गणका कर्नेल सामन्तबहादुर खाड, प्रदेश नम्वर २ पृतना जनकपुर सहितका सेनाका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा एफएम रेडियोबाट स्थानीय भाषामा सैनिक कार्यक्रम चलाउने एफएमका स्टेशन म्यानेजरलाई कदर पत्रबाट महासेनानी इश्वरकुमार श्रेष्ठले सम्मान गरे । गुञ्जन एफएमका म्यानेजर संजय कार्की, संस्कृती एफएमका म्यानेजर सुदर्शन पाठक, मधेश मसाल एफएमका म्यानेजर मनोज चौधरी, रौतहट एफएमका संचालक चंचल झा र गंगा एफएमलाई सम्मान गरिएको इन्द्रबक्स गणले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…