इन्सपेक्टर थापाको इन्ट्री सँगै विभिन्न ठाउँको दारु भठ्ठीमा छापा
धनुषाको पूर्वी क्षेत्रमा रहेको खजुरी ईलाका प्रहरी कार्यालयमा इन्सपेक्टर थापा आएलगत्तै विभिन्न ठाउँको भठ्ठीहरुमा शिल हानेका छन् ।

२०७६ भदौ २७ शुक्रबार, बेलुकी ७:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अवैद्य मदिरा विक्री वितरण सहित उक्त पदार्थ उत्पादन गरिरहेको विभिन्न ठाउँमा धनुषा प्रहरीले आफ्नो सक्रियता बढाएको छ ।
सोही क्रममा ईलाका प्रहरी कार्यालय खजुरीले समेत अवैद्य रक्सी भठ्ठी नष्ट पारेका छन् । समुदाय प्रहरी साझेदरी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक एवम् ईन्चार्ज राजन थापाको कमाण्डमा खटि गएको प्रहरी टोलीले धनुषाको विदेह नगरपालिकाको ठाढीमा अवैद्य मदिरा भठ्ठी नष्ट गरिएको जनाइएको छ
विदेह नगरपालिकाको वडा नं. १ बस्ने महेन्द्र मण्डलले सँचालन गर्दै आएको दारु भठ्ठीमा छापा हानेको जनाइएको छ । सो क्रममा अन्दाजी ३०० लिटर तयारी मदिरा सहित सोको कच्चा पदार्थ ५०० लिटर जति नष्ट गरिएको जनाइएको छ । वडाध्यक्ष रामवृक्ष ठाकुर लगायत स्थानीय भद्र भलादमी, राजनीतिकि दलका प्रतिनीधिहरुको रोहबरमा ती पदार्थ नष्ट गरिएको जनाइएको छ । सोही क्रममा त्यही बस्ने ज्ञान कामतको घरबाट समेत २०० लिटर तयारी मदिरा सहित करिब ४०० लिटर कच्चा पदार्थ नष्ट गरिएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजन थापाले जानकारी दिए ।

धनुषाको पूर्वी क्षेत्रमा रहेको खजुरी ईलाका प्रहरी कार्यालयमा इन्सपेक्टर थापा आएलगत्तै विभिन्न ठाउँको भठ्ठीहरुमा शिल हानेका छन् । उनले समाजलाई अपराधमुक्त बनाउनको लागि मदिरा नियन्त्रण समेत ठुलो चुनौतिको रुपमा रहेको बताउँदै उनले यस्ता अभियान नै थालिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…