डेंगुबाट बच्न धनुषामा स्वास्थ्य शिविरसँगै चेतनामूलक कार्यक्रम
जनताको स्वास्थ्यको महत्वलाई आत्मसात गर्दै शिविर चलाइएको उमाप्रेमपुर प्रहरी चौकीका इन्चार्ज गोपाल श्रेष्ठले जनाए ।

२०७६ भदौ २५ बुधबार, बिहान ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धुनषा । बढ्दो डेंगु प्रकोपलाई मध्यनजर गरी धनुषामा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका–५ स्थित नौसय बिघामा लागेको दाहा मेलाको अवसर पारेर प्रहरी चौकी उमाप्रेमपुरले एकदिने स्वास्थ्य शिविर गरेको हो । शिविरमा स्वास्थ्योपचारसँगै डेंगु रोगबाट बच्नबारे चेतनामूलक कार्यक्रमसमेत गरिएको छ ।
मंगलबार गरिएको शिविरमा सयौं जना लाभान्वित भएका छन् । जनताको स्वास्थ्यको महत्वलाई आत्मसात गर्दै शिविर चलाइएको उमाप्रेमपुर प्रहरी चौकीका इन्चार्ज गोपाल श्रेष्ठले जनाए ।
शिविरमा उमाप्रेमपुर स्वास्थ्य चौकीका इन्चार्ज रोशन कुमार साहले सेवा दिएका थिए । शिविरमा धनुषाधाम नगरपालिका ५ का वडाध्यक्ष इन्द्रकुमार महतो, उमाप्रेमपुर प्रहरी चौकी इन्चार्ज गोपाल श्रेष्ठ, दाहा मेला समितिका अध्यक्ष सुशील यादव लगायत स्थानीय नागरिकसमाज, बुद्धिजिवी लगायतको उल्लेख्य उपस्थिति थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…