सिरहामा डेंगु प्रकोप : मेयर परिवार बिरामी परेपछि नियन्त्रणमा सक्रियता
मुलुकभर नै डेंगुको आतंक फैलेपनि सम्बन्धित पक्ष गम्भीर देखिएको छैन ।

२०७६ भदौ २३ सोमबार, बिहान ९:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । पछिल्लो समय देश नै डेंगुबाट आतंकित बनिरहँदा सिरहामा पनि डेंगु संक्रमित भेटिएका छन् ।
सिरहाको गोलबजार नगरपालिकामा ९ जना डेंगुका बिरामी फेला परेका हुन् । जसमध्ये गालेबजारका मेयर देवनाथ साहकै घरका चारजना डेंगुका कारण बिरामी परेका छन् ।
बिरामीहरुको काठमाडौं, धरान र विराटनगरमा उपचार भइरहेको छ । डेंगुको प्रकोप देखिएपछि नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किन थालेको छ । डेंगु संक्रमण फैलिन नदिन औषधि छर्ने र कसरी बच्नेबारे प्रचार प्रसार थालिसकेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पंजियारले जानकरी दिए ।
डेँगु रोगका लामखुट्टे सफा र स्थिर पानीमा बस्ने भएकोले त्यस्ता ठाउँहरूलाई पहिचान गरी नष्ट गर्नुपर्ने स्वास्थ्य संयोजक पंजियारले बताए । घर वरपर फालिएको खाली बोतल, गाडी तथा मोटरसाइकलका टायर, कुलर, गमलाजस्ता ठाउँहरूमा पानी जम्न नदिने उनले स्थानीयहरूसँग आग्रह गरे ।
मुलुकभर नै डेंगुको आतंक फैलेपनि सम्बन्धित पक्ष गम्भीर देखिएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…