मिर्चैया वितरण केन्द्रको लाईन भोली दिनभर अवरुद्ध रहने
विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ति बन्द रहने शाखाले जनाएको छ ।

२०७६ भदौ १९ बिहीबार, बेलुकी ७:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रबाट संचालित विद्युत सेवा शुक्रबार दिनभर अवरुद्ध हुने भएको छ ।
वितरण केन्द्रको पावर ट्रन्सफर्मर अपग्रेडिङ गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको हो । मिर्चैया वितरण केन्द्रको सव स्टेशनमा रहेको पावर ट्रन्सफर्मर अपग्रेडिङ गर्न लागेको मिर्चैया वितरण केन्द्रका प्रमुख दिगम्बर यादवले जानकारी दिए ।

यस वितरण केन्द्रबाट प्रशारण हुँदै आएको मिर्चैया, गोलबजार, कल्याणपुर र बन्दिपुर ईलाकामा शुक्रबार विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ति बन्द रहने शाखाले जनाएको छ ।
अपग्रेडिङ कार्य निर्धारित समयभन्दा अघि नै सम्पन्न भए पहिले नै संचालन हुने पनि जारी सूचनामा उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…