वीरगँजमा प्रहरीले हाने गोली, एक अस्पतालमा !
प्रत्यदर्शीहरुले भने त्यहाँ कैयौं राउण्ड गोली चलेको बताएपनि प्रहरीले त्यसलाई अस्वीकार गरेको हो ।

२०७६ भदौ १७ मंगलबार, राति ११:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । वीरगँजमा प्रहरीले एक जनालाई खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको छ ।
मँगलबार राती करिब १० बजेतर्फ वीरगँज महानगरपालिका वडा नं. १३ राजेमाई चोक स्थित रहेको साल्ट ट्रेडिंग करपोरेशन अगाडी हतियार सहित भाग्दै गरेको एक जनालाई गोली हानेका हुन् । बटुवाहरुलाई हतियार देखाएर तर्साउने कार्यमा संलग्न भएको तथा प्रहरीको चेकजाँचको क्रममा हतियार फेला परेपछि भाग्न खोज्दा प्रहरीले गोली हानेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिँह राठोरले जानकारी दिए ।
राठोरका अनुसार वीरगँज महानगरपालिका वडा नं. १६ बस्ने अन्दाजी बर्ष ३६ का सँतोष दासलाई गोली हानेर नियन्त्रणमा लिएको हो । प्रहरीको चेकजाँचको क्रममा उनको साथमा हतियार फेला परेपछि उनी भाग्न खोजेको थियो । भाग्न खोज्दा उनलाई नियन्त्रणमा लिन पर्सा प्रहरीको चेकजाँचमा खटिएका प्रहरीले उनी उपर गोली चलाएका थिए । भाग्न खोज्दा उनलाई खुट्टामा गोली हानेर तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ ।
गोली हानेर नियन्त्रणमा लिइएका दासलाई अहिले नारायणी क्षेत्रीय अस्पताल वीरगँजमा उपचार भईरहेको छ । उनको साथबाट एक थान पिस्टन र त्यसमा प्रयोग हुने गोली समेत बरामद भएको छ । प्रहरीले जनाए अनुसार उनलाई मात्र एक गोली लागेको छ र प्रहरीले पनि मात्र एक गोली चलाएको थियो । प्रत्यदर्शीहरुले भने त्यहाँ कैयौं राउण्ड गोली चलेको बताएपनि प्रहरीले त्यसलाई अस्वीकार गरेको हो ।
यस घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…