झुण्डिएको अवस्थामा युवक फेला !
मृतकको शव पोष्टमार्टम गरी परिवारलाई बुझाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७६ भदौ १७ मंगलबार, बेलुकी ६:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, पर्सा । पर्सामा एक किशोर अभिभावकले गाली गरेकै कारण झुण्डिएका छन् ।
आमाबुबाले गाली गरेको झोंकमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २० बस्ने नविलाल प्रसादका १४ वर्षीय छोरा गोविन्दप्रसाद चौरसियाले आत्महत्या गरेको हो । पर्सा प्रहरीका अनुसार, घरमा प्रयोग भएको बाँसमा छोरो पासो लागेर झुण्डिएको अवस्थामा भेटेपछि बुवा नविलालले उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्याएका थिए । तर, अस्पताल पुर्याएको केही समयमै गोविन्दलाई डाक्टरहरुले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टम गरी परिवारलाई बुझाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…