तीजमा नुहाउन जाँदा नदीमा डुबेकी ३ महिलाको शव भेटियो
उनीहरु तीजको अवसरमा गाउँ नजिकैको वेथी नदीको सन्तघाटमा स्नान गर्न गएका थिए ।

२०७६ भदौ १७ मंगलबार, दिउँसो ४:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कपिलबस्तु । कपिलवस्तुमा तीजमा नदीमा नुहाउन जाँदा डुबेर बेपत्ता भएकी ३ महिलाहरुको शव फेला परेको छ ।
सोमबार बिहान नुहाउन गएकी शुद्दोधन गाउँपालिका वडा नं. ६ का १५ वर्षीय तारा कोहार, ८ वर्षीय खुश्बु रैदास र २५ वर्षीय तारामति कोहारको मंगलबार शव फेला परेको हो ।
१५ वर्षीय तारा कोहारको शव डुबेको स्थान नजिकै नदी किनारमा आज बिहान फेला परेको छ । ८ वर्षीय खुब्बु रैदास र २५ वर्षीय तारामति कोहारको शब आज दिउँसो डुबेको स्थान सन्तघाटबाट करिब ५ सय मीटर दक्षिण मलखोरियामा नदीमा तैरिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक सुनिलकुमार मल्लले जानकारी दिए ।
उनीहरु तीजको अवसरमा गाउँ नजिकैको वेथी नदीको सन्तघाटमा स्नान गर्न गएका थिए । नदीमा स्नान गर्ने क्रममा डुबेका ५ जना मध्ये अन्य २ जना महिलालाई स्थानीय युवाहरुले तानेर निकालेको बाँकी ३ जना नदीमै डुबेको स्थानीयले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…