तीज र चौरचनको पूर्वसन्ध्यामा लहानमा शुभकामना आदानप्रदान
शताब्दी देखिको पुरुष प्रधान देशमा अब महिलाहरु सबै यसरी नै एक जुट हुँदै आफनो अधिकारहरु पनि स्थापित गराउनेछन् भन्नेमा विश्वास लागेको बताईन् ।

२०७६ भदौ १६ सोमबार, दिउँसो १२:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजसँगै मधेशको महान चाडपर्व चौरचनको पूर्वसन्ध्यामा लहान मेरी चिल्ड्रेन स्कुलले ‘तीज र चौर्चन बिशेष शुभकामना तथा दर’ कार्यक्रम गरेका छन् ।
कार्यक्रम राष्ट्र र राष्ट्रियता प्रतिको सम्मान गर्दै राष्ट्रिय गानबाट शुरु हुँदै लहान नगरपालिका उपप्रमुख सरियार चौधरीले उद्घाटन गरेका थिए । कार्यक्रममा उपप्रमुख चौधरीले ७ सय भन्दा बढी महिलाहरुको यो उल्लासमय र गौरवमय उपस्थिती खुलेर बोल्नु, रमाउनु, नाच्नुले महिलाहरुमा परिवर्तन आइसकेको महसुस भएको बताएकी थिइन् ।
उनले शताब्दी देखिको पुरुष प्रधान देशमा अब महिलाहरु सबै यसरी नै एक जुट हुँदै आफनो अधिकारहरु पनि स्थापित गराउनेछन् भन्नेमा विश्वास लागेको बताईन् । उनले महिला दिदिबहिनीहरुलाई तीज र चौर्चनको शुभकामना ब्यक्त गरिन् ।
विगत २२ वर्षदेखि मेरी चिल्ड्रेन स्कुलले संस्कारसहितका गुणस्तरीय शिक्षा दिँदै आइरहेका छन् । स्कुलद्वारा आयोजित कार्यक्रममा महिला अभिभावक, शुभेच्छुक शुभचिन्तक तथा नगरभित्रका सम्पुर्ण महिलाहरुलाई आमन्त्रण गरिएको कार्यक्रमका अध्यक्ष तथा विद्यालयका सस्थापिका अध्यक्ष उर्मिला हमालले जानकारी गराइन् ।
स्वागत मन्तब्यमा खुशी साट्दै उनले सम्पूर्ण महिला आमा दिदीबहिनीहरुमा चौतर्फी सम्मुनत समृद्धिको कामना गरिन् । महिला बिना कुनैपनी घर संसार समृद्ध हुन नसकने भन्दै महिला पुरुष एक अर्काको परिपुरक रहेको उनले आफ्नो धारण व्यक्त गरिन् ।
विद्यालयले विगतका वर्षहरुमा पनि मौलिक संस्कृतिलाई जोड्ने कार्य गर्दै आइरहेको विद्यालय प्रिन्सिपल पाण्डब हमाल बताए । कार्यक्रममा महिलाहरु तीज सम्बन्धी विभिन्न गीतहरुमा नाच्दै रमाएका थिए । कार्यक्रममा सहभागी महिलाहरुका लागि विद्यालयले रात्री भोजको पनि आयोजना गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…