महोत्तरीमा पोखरीमा डुबेर ३ वर्षीय बालकको मृत्यू
मृतकको शवलाई पास्टमार्टमकको लागी जनकपुर अञचल अस्पताल लगिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७६ भदौ १५ आइतबार, बिहान ११:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको गौशलामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौशला नगरपालिका १ घर भएका दिलबहादुर जर्घाका ३ वर्षीय छोरा कालु भनिने सुजन जर्घा रहेका छन् । घर नजिकैको पोखरीको छेउमा शनिबार खेल्ने क्रममा डुबेर बेहोश भएका थिए ।
उनलाई उपचारका लागि बर्दिवासको शुभ स्वस्तिक अस्पताल लगिएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषण गरेको बर्दिवास प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पास्टमार्टमकको लागी जनकपुर अञचल अस्पताल लगिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…