जनकपुरको दलित छात्रावासमा सरसफाई
जनचेतना हेतु समेत बैनर लिएर उनीहरु दलित छात्रावासलाई सफाई अभियान थालिएको सन्देश दिएका थिए ।

२०७६ भदौ १४ शनिबार, राति ९:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको स्वर्गद्धारी स्थित रहेको दलित छात्रावासमा समितिद्धारा सरसफाई गरिएको छ ।
दलित छात्रावास संरक्षण समिति जनकपुरद्धारा शनिबार सरसफाई गरिएको हो । स्वर्गद्धारीको दक्षिणपट्टि रहेको छात्रावासमा कैयौं वर्षदेखि रहेको झारपात तथा फोहोर मैला सफाई अभियान थालिएको हो । दलितहरुको धरोहर र सम्पतिको रुपमा रहेको दलित छात्रावासलाई सफा एवम् सुन्दर बनाउको लागि उनीहरु अग्रसर भएका हुन् ।
दलित छात्रावासको अस्तित्व गुमिरहेको अवस्थामा उनीहरुले आफैंले दलित छात्रावासको जग्गा संरक्षणको लागि अग्रसर भएका हुन् । सम्बन्धित निकायसँग उनीहरुले छात्रावासलाई मूर्तरुप दिनको लागि तथा सौन्दर्यीकरणको लागि बारम्बार आग्रह गरेपनि कुनै प्रकारको चासो नलिएपछि संरक्षण समिति आफै अग्रसर भएका हुन् । शनिबार जनकपुरमा रयाली निकाली जनचेतना हेतु समेत बैनर लिएर उनीहरु दलित छात्रावासलाई सफाई अभियान थालिएको सन्देश दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…