धनुषाको मिथिला विहारी नगरपालिका अब खुला दिशामुक्त नगर
एक कार्यक्रमबीच नगरपालिकालाई खुला दिशामुक्त नगरको रुपमा घोषणा गरिएको हो ।

२०७६ भदौ १३ शुक्रबार, राति ९:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको मिथिला विहारी नगरपालिका खुला दिशामुक्त घोषणा गरिएको छ ।
एक कार्यक्रमबीच नगरपालिकालाई खुला दिशामुक्त नगरको रुपमा घोषणा गरिएको हो । यससँगै यो नगरपालिका खुला दिशामुक्त नगर बनेको छ ।
मिथिला विहारी नगरपालिकाका नगरप्रमुख अनिल यादवको अध्यक्षता एवं जिल्ला समन्वय समितिका सभापति रामदेव यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रमबाट नगर खुला दिशामुक्त भएको घोषणा गरिएको छ ।
कार्यक्रममा नगरकी उपमेयर अनिता साह, सबै वडाका वडाध्यक्ष, कार्यकारी अधिकृत शिवेन्द्र मण्डल, खुला दिशामुक्त नगर संयोजक राजेन्द्र प्रसाद यादव लगायतको उपस्थिति थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…