आफ्नो क्षेत्रका जनतालाई राज्यमन्त्री मण्डलको एम्बुलेन्स उपहार
राज्यमन्त्री मण्डलले आफ्नो क्षेत्रलाई उज्यालो बनाउने अभियान अन्तर्गत यसअघि ठाउँठाउँमा सोलार जडान गरेका थिए ।

२०७६ भदौ १२ बिहीबार, बेलुकी ६:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले आफ्नो क्षेत्रका जनताका लागि एम्बुलेन्स किनिदिएका छन् ।
गृहजिल्ला सिरहाको निर्वाचन क्षेत्र ४ (ख) बाट निर्वाचित राज्यमन्त्री मण्डलले आफ्नो निर्वाचन क्षेत्रका जनताको लागि एम्बेलुन्स खरिद गरेका हुन् । आफ्नो संसदीय विकास कोषको रकमबाट रेडक्रस सोसाइटी मार्फत् एम्बुलेन्स किनेको राज्यमन्त्री मण्डलले बताए ।
राज्यमन्त्री मण्डलले आफ्नो क्षेत्रलाई उज्यालो बनाउने अभियान अन्तर्गत यसअघि ठाउँठाउँमा सोलार जडान गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…