पर्साका सिडिओलाई फेसबुकमा गाली गर्ने एक युवक पक्राउ
पक्राउ परेका गुप्ताले फेसबुकमार्फत् सिडिओेलाई गाली गलौज गरेका थिए ।

२०७६ भदौ ८ आइतबार, बेलुकी ५:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, पर्सा । प्रदेश २ को पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सामाजिक सञ्जाल फेसबूकमार्फत् गाली गलौज गर्ने एक युवक पक्राउ परेका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईलाई समाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज गर्ने बाराको सिम्रनगढ नगरपालिका वडा नम्बर ७ खजानी टोल घर भइ श्री कंकाली अटो ट्रेडर्सको सञ्चालक २५ वर्षीय शन्नि कुमार गुप्तालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेका गुप्ताले फेसबुकमार्फत् सिडिओेलाई गाली गलौज गरेका थिए । उनलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…