जनकपुरमा घरबाटै मोटरसाईकल चोरी
मोटरसाईकल चोरीवारे प्रहरीलाई जानकारी गराएपनि हालसम्म पत्ता लाग्न नसकेका गाडी धनी गंगाप्रसाद साहले बताए ।

२०७६ भदौ ८ आइतबार, दिउँसो ४:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरबाट एउटा मोटरसाईकल घरबाटै गायब भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका ७ स्थित भ्रमरपुरा चोकबाट गत भदौ ३ गते मंगलबार राती ग. ५ प. ८०२० नम्बरको होण्डा कम्पनीको एक्स–ब्लेड मोटरसाईकल घरबाटै चारी भएको हो ।
भ्रमरपुरा चोकमा अवस्थित माँ राजदेवी साह मिल फर्निचर उद्योग परिसरमा पार्किंग गरेर राखिएको अवस्थामा राती १२ बजेतीर मोटरसाईकल चोरी भएको छ ।
अन्नपूर्ण फिनिसिङ सेन्टरको नाममा रहेको मोटरसाईकल चोरीवारे प्रहरीलाई जानकारी गराएपनि हालसम्म पत्ता लाग्न नसकेका गाडी धनी गंगाप्रसाद साहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…