सर्लाहीमा पानीमा डुबेर २ को मृत्यू !
मृतक दुबैको शव पोष्टर्माटम गरि परिवारको जिम्मा लगाइएको सर्लाही प्रहरीले जनाएको छ ।

२०७६ भदौ ६ शुक्रबार, राति ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा पानीमा डुबेर २ जनाको मृत्यू भएको छ । सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुईजनाको ज्यान गएको हो ।
ज्यान जानेमा महोत्तरीको विष्णु गाउँपालिका १ बारा उधोरणका ३१ वर्षिय नवल राउत कुर्मी र ईश्वरपुर नगरपालिका १० का ७६ वर्षिय सुरज चौधरी रहेका छन् ।
शारिरिक अशक्त रहेका कुर्मी विहिवार भैसि चराउन गएका थिए । भैसी पानीको तलाउमा पसेपछि भैसिलाई ल्याउन तलाउ पसेका कुर्मी आफै डुबेर बाहिर निस्कन नसकि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चौधरीको नुहाउने क्रममा पोखरीमा डुवेर ज्यान गएको जनाइएको । मृतक दुबैको शव पोष्टर्माटम गरि परिवारको जिम्मा लगाइएको सर्लाही प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…