सिरहामा करेन्ट लागेर १ युवकको ज्यान गयो
मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा पठाइएको छ ।

२०७६ भदौ ६ शुक्रबार, बेलुकी ७:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । सिरहाको बरियारपट्टि गाउँपालिका ४ सोहपुरका २५ वर्षीय श्यामलाल यादवको मृत्यू भएको हो ।
आज (शुक्रबार) धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा पठाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…