प्रहरीलाई गोली हान्ने एक जना पक्राउ !
तराई जनमुक्ति मोर्चाका केही हतियारधारीले गोली हानी सई चौहानलाई घाइते बनाएको थियो।

२०७६ भदौ ३ मंगलबार, दिउँसो ३:०१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रहरी नायब निरीक्षक (सई) लाई गोलि हानी फरार रहेको एक जनालाइ रौतहट प्रहरीले मंगलबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तत्कालीन भुमिगत तराइ मुक्ती मोर्चाका कार्यकर्ता गरुडा नगरपालिका २ निवासी बर्स ४२को राम एकबाल सहनी रहेको प्रहरीले जनाएको छ । गत २०६७ मंसिर १७ गते बेलुकी तत्कालीन भुमिगत तराई मुक्ति मोर्चाका कार्याकर्ताले ईलाका प्रहरी कार्यालय हर्कटवा सर्लाहीका नायब निरीक्षक नानि लवजंग चौहानलाई गोलि हानी घाइते बनाएर फरार भएका थिए ।
अभियुक्त मध्येका सहनीलाई गरुडाको झाझ पुलबाट पक्राउ गरिएको प्रहरी निरीक्षक पप्पु नायकले बताए । घटनाका दिन प्रहरी नायब निरीक्षक चौहानको कमाण्डमा केही प्रहरी गस्तीमा खटिएको टोलीलाई हेर्दा भुमिगत तराई जनमुक्ति मोर्चाका केही हतियारधारीले गोली हानी सई चौहानलाई घाइते बनाएको थियो।
प्रहरी निरीक्षक नायकका अनुसार सो अपराधीहरुले सर्लाही जिल्लाको तत्कालीन भवानीपुर गा. बि.स. वडा नंबर ३ स्थित सुकमारी मन्दिर नजिक सई चौहानलाई गोली हानी घाइते बनाइ सई चौहानको ५४ एम एमको चाईनिज पेस्तोल लुटी भागेका थिए। सोही समय देखि अपराधीलाई खोज्ने कार्य सुरु गरेपछि ३ जना विभिन्न मितिमा पक्राउ भएको थियो ।
यसका साथै अन्य दुई जना फरार नै रहेको थियो। सोही समयमा सर्लाहीबाट १ जना र रौतहटबाट दुई जना पक्राउ भएको थियो। पक्राउ भएको दुई जना अभियुक्तहरु भागी जिल्ला रौतहट साबिक गाबिस भलोहिया वडा नं ०७ हाल दुर्गा भगवती गाउँपालिका वडा नं २ स्थितबाट भूमिगत तराई मुक्ती मोर्चाका ५ जना मध्येबाट २ जनाको साथबाट कटुवा पेस्तोल १ थान गोली १ थान र २ थान खोका फेला पारि नियन्त्रणमा लिई हातहतियार खरखजाना मुद्धा चलाएको थियो ।
सो घटनाका अन्य दुई जना फरार रहेको थियो भने पक्राउ परेका सहनी बिरुद्ध आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन्। अन्य एक जना अपराधीको खोजी कार्य भैरहेको प्रहरी निरीक्षक नायकले जनाएका छन्। प्रहरी निरीक्षक नायक रौतहट आएको दिन देखिनै पछिल्लो समयका फरार रहेका अपराधीहरुलाई पक्राउ गरि सम्मानित जिल्ला अदालतमा बुझाई पिडितलाई न्याय दिलाउन लागेका र रौतहटबाट अपराधीक घट्ना न्यून गर्नमा लागि परेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…