पुजारी मन्दिरमै मृत फेला !
शव पोष्टमार्टमको लागि अस्पताल पठाईएको इलाका प्रहरी कार्यलय दुहवीका इन्स्पेक्टर कार्कीले बताए ।
२०७६ साउन ३० बिहीबार, बेलुकी ५:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीमा एक पूजारी मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी जिल्लाको दुहवी नगरपालिका वडा नम्बर १ साहु टोलमा रहेको शिव मन्दिरका पुजारी मृत भेटिएका छन । मृतक सुनसरी दुहवी वडा नं. ५ का ६० बर्षीय तुलाकृष्ण चौधरी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय दुहवीले जनाएको छ ।
रक्षाबन्धनकै दिन आज बिहान पौने ८ बजेको समयमा उक्त मन्दिरका पुजारी मन्दिर परिसरमा नै मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यलय दुहवीका इन्स्पेक्टर प्रविण कार्कीले बताए । उनले भने पुजारी मृत भेटिए ,घट्ना स्थलमा केहि छैन शरिरमा पनि केहि भेटिएको छैन ।
शव पोष्टमार्टमको लागि अस्पताल पठाईएको इलाका प्रहरी कार्यलय दुहवीका इन्स्पेक्टर कार्कीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
चन्दन रौनियार
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…