धनुषामा पोखरीमा डुबेर २ जनाको मृत्यू !
मृतक पराजुली र सहनीको शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको बताइएको छ ।

२०७६ साउन २३ बिहीबार, राति ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पोखरीमा डुबेर धनुषाको दुई स्थानमा दुई जनाको मृत्यू भएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केबर बस्ने अन्दाजी बर्ष ५० का सुर्य प्रसाद पराजुलीको पोखरीमा डुबेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार ढल्केवर स्थित रहेको पोखरीमा पराजुली डुबेर मृत अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
यस्तै, धनुषाको जनकनन्दीनी गाउँपालिका वडा नं. ६ कठाल नरही टोल बस्ने राम पुकार सहनीको अन्दाजी बर्ष ७ का छोरा रवि सहनीको सार्वजनिक पोखरीमा डुबेर मृत्यू भएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक शंकर प्रसाद चौधरीले जानकारी दिए । सहनी पोखरीमा डुबेर तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि उनको परिवारलाई जानकारी गराएको स्थानीयलाई उदृत गर्दै ईन्चार्ज चौधरीले बताए ।
पोखरीमा डुबेर बेहोस भई गम्भिर भएका सहनीको उपचारको लागि भारत विहारको जयनगर लैजाँदै गर्दा बाटोमै मृत्यू भएको प्रहरी नीरिक्षक चौधरीले न्यूज ब्यूरोलाई बताए । मृतक पराजुली र सहनीको शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…