धनुषाधामबाट एम्बुलेन्स सँचालन, ४ महिना विल्कुल 'फ्रि' सेवा
जन सेवामा आफ्नो योगदान दिने प्रण लिएको भन्दै उनको प्रसंशा पनि गरे ।

२०७६ साउन २२ बुधबार, बिहान ८:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महेन्द्रनगर । धनुषाको धनुषाधाम नगरपालिका वडा न ३ स्थित संचालित पपुलर हस्पिटल प्रा लि ले एमबुलेन्स सेवा सन्चालानमा ल्याएको छ ।
उक्त एम्बुलेन्सलाई धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले एक समारोहबीच उदघाटन गरेका हुन् । मँगलबार विहानै मेयर मण्डलले एम्बुलेन्स उदघाटन गर्दै भने, हस्पिटल परिवार लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु , नगर बिकासको काम हाम्रो दायित्व रहेको छ । त्यसमा उहाँहरु स्वास्थ्य क्षेत्रमा थप सेवा एम्बुलेन्स नया कुरा थपिएको मा धन्यवाद दिन चाहन्छु साथै अभार व्यक्त गर्छौ ।
सँचालन गरिएको एम्बुलेन्स धनुषाधाम नगरवासीको लागि ४ महिना सम्म निःशुल्क सँचालन गर्ने अस्पतालका डा. मुकेश झाले जानकारी दिए । धनुषाधाम नगरपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणहरुको लागि परेको बेला विना कुनै शुल्कको ४ महिनासम्म सेवा दिने अस्पतालका डा. जय प्रकाश यादवले जानकारी दिए ।
अहिले पढेलेखेका युवाहरु बिदेश तर्फ जाने बाध्यतालाई औल्याउँदै मेयर मण्डलले अस्पतालका चिकित्सक डा. जय कुमार यादव त्यसै नगरपालिकाकामा रही जन सेवामा आफ्नो योगदान दिने प्रण लिएको भन्दै उनको प्रसंशा पनि गरे । यसका साथै, नगरपालिकाका स्वास्थ्य संयोजक शैलेन्द्र यादवलाई अस्पताल लगायत नगरी भरीमा स्वस्थ्य सेवामा सहयोग गर्नेलाई नगरपालिकाको तर्फबाट तुरुन्तै सहयोग दिन आग्रह समेत उनले गरे ।
कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष राज किशोर साह , स्वास्थ्य संयोजक शैलेन्द्र यादव , समाजसेवी जयनारायण यादव , राम बलि यादव लगायत हस्पिटलका चिकित्सक लगायत स्थानीय व्यापारी, समाजसेवि लगायतको उपस्थित रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…