इटहरीमा ३ दिने उद्यमी मेला आयोजना गरिने
आपसी भलाकुसरी गर्ने, माया साटासाट गर्ने अभिप्रायले दर खाने कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ ।
२०७६ साउन २० सोमबार, बिहान ८:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ईटहरी । तीज पर्वको अवसरमा इटहरीमा तीज सृजनशील उद्यमी मेला आयोजना गरिने भएको छ । उद्यमशिल महिला संघ र वुमन क्रियटिम सेन्टरको आयोजनामा इटहरीमा तीन दिने मेला आयोजना गर्न लागिएको हो ।
फरक तरिकाले तीज पर्व मनाउने उदेश्यले आगामी साउन ३० गतेदेखि ३२ गतेसम्म इटहरीको दुर्गा पार्टी प्यालेसमा मेला आयोजना गरिने मेला आयोजना गरिएको कार्यक्रम संयोजक रञ्जु सिग्देलले जानकारी दिइन् ।आइतबार इटहरीमा पत्रकार सम्मेलन गरी तीज सृजनशील उद्यमी मेला–२०७६ मा उद्यमीका उत्पादनहरुको प्रदर्शनी तथा बिक्रिका लागि जम्मा ६० वटा स्टलहरु जनकारी दिइएको छ । मेलालाई इटहरी उप–महानगरपालिका, रामधुनी नगरपालिका र नेपाल पर्यटन वोर्डले प्रबद्र्घनमा आर्थिक सहयोग गर्ने आयोजकले जनाएको छ ।
प्रदेश नम्बरका उद्यमीहरुको उत्पादनलाई मेलामा प्रदर्शनी गरिने आयोजकले जनाएको छ । साथै महिलाहरुलाई उद्यमशिल बनाउन साहित्यिक तथा सांस्कृतिक कार्यक्रम र स्वास्थ्य शिविर समेत सञ्चालन हुने जनाइएको छ ।
साथै सोही अवसरमा महिलाहरुबिच सद्भाव वढाउँने आपसी भलाकुसरी गर्ने, माया साटासाट गर्ने अभिप्रायले दर खाने कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
चन्दन रौनियार
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…