दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु
सुनसरीको दुहबीमा लगातार १० वर्षदेखी भव्यक्ताका साथ मनाउदै
२०७६ साउन १७ शुक्रबार, बिहान १०:५८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ ।
शुक्रबार दुहबीको कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं ६ गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको संयोजक मिथुन चौधरीले जानकारी दिएको हो ।
दुहबी साविक ९ अहिले ६ वडा नम्बर मा प्रत्येक वर्ष मनाउदै आएको कृष्ण जन्माष्टमी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी राधा कृष्ण मन्दिर दुहबीका मूल समितीले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।
कृष्ण जन्माष्टमी महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागी २ सय १ जनाको मूल समिती, १ सय १ जनाको सल्लाहकार समिति र ९ वटा उपसमितिहरु बनाएका छन् । महोत्सवमा बिभिन्न जातजातिहरुले झाँकी समेत प्रदर्शन गर्ने, दुहबी बजार देखी ८ किलोमिटर सम्म रथ यात्रा परिक्रमा गर्ने, एक लाख भन्दा बढीको भक्तजनहरुलाई रथयात्रामा सहभागी गराउने मन्दिर संचालक समितिको अध्यक्ष रमेश रौनियारले बताएका छन् ।
सुनसरीको दुहबीमा लगातार १० वर्षदेखी भव्यक्ताका साथ मनाउदै आएको कृष्ण जन्माष्टमी मोहत्सव यस वर्ष पनि लाखौं भक्तजनहरुलाई रथयात्रा परिक्रमा सहभागी गराई महोत्सव सुसम्पन्न गर्ने बिश्वास पत्रकार सम्मेलन आयोजक समितिले ब्यक्त गरें । महोत्सवको दिन रथयात्रामा लाखौं हिन्दु धर्मावलम्बीहरुको सहभागिता हुने भएकोले सुरक्षा ब्यवस्था कडा गरीने भएकोले कसैलाई डराउनु नपर्ने संयोजक चौधरीले बताउदै निर्धक्क रथयात्रामा सहभागी हुन आग्रह समेत गरेका छन् ।
कृष्ण जन्माष्टी महोत्सवको कार्यक्रम भदौं ६ र ७ गते भजन किर्तन र प्रसाद वितरण, ७ गते बिहान जन्माष्टमी महोत्सव मोटरसाईकल रेयालि र दिउँसो श्री कृष्ण रथयात्रा तथा जन्माष्टमी महोत्सव मेला सुरु हुने आयोजकले कार्यक्रम सार्वजनिक गरी बताएका छन्।
पुजा तथा मेला महोत्सव समितिमा अध्यक्ष मिथुन चौधरी ,उपाध्यक्ष सन्तोष भगत रामाशंकर हलुवाई , सचिव अमित हलुवाई,कोषाध्यक्ष हितेष अग्रहरी,सदस्यीयहरु जीवन साह,चन्दन बैठा ,हरिनारायण ठाकुर ,कृष्णा योञ्जन ,राकेश हलुवाई ,शम्भु हलुवाई,रानु साह,विशाल रौनियार ,मुन्ना गोश्वामी मुन्ना हलुवाई रहेका छन् भने बरिस्ठ सल्लाहकारमा गोविन्द अग्रवाल ,उमेश गोश्वामी ,सुनिल साह,बाबुराम बजगाई पुरणमल अग्रवाल ,राकेश मुन्धडा,जयव्रत सरकार समेत रहेका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…