नगरपालिकामा आगजनी गर्ने तीन सार्वजनिक
उनीहरुलाई प्रहरीले विहिबार जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

२०७६ साउन १६ बिहीबार, राति ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्ला चपुर नगरपालिका वडा नंबर ३ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले ३ जना बिप्लव समुहका कार्यकर्तालाई पक्राउ गरेको छ । आज पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा चपुर नगरपालिका वडा नंबर ४ का ३० बर्षीय रेहान तमाङ भन्ने रामबहादुर घिसिङ सोही नगरपालिकामा बस्ने ३५ बर्षीय मान बहादुर वाईवा र चपुर नगरपालिका वडा नंबर ३ गैडाटारमा बस्ने ५५ बर्षीय रेव प्रसाद मैनाली रहेका छन ।
प्रहरीले उनीहरुको साथवाट ना ३६ प २८१३ मोटरसाइकल, चाईनिज पेस्तोल १ थान साथै त्यसमा लाग्ने ५ राउन्ड गोली र कटुवा पेस्तोल १ थान र त्यसमा लाग्न ३ राउन्ड गोली बरामद गरेको छ । हिजो बिप्लव समुहले गरेको बन्दको पूर्वसन्ध्यामा आर्दश सामुदायिक वन कार्यालयको भवनमा रहेको वडा कार्यालयमा आगजनी भएको प्रहरीले जनाएको थियो ।
वडा कार्यालयमा आगजनी हुँदा वडाका सम्पुर्ण कागजात जलेर नष्ट भएको थियो । आगजनी पश्चात् प्रहरीले सुरक्षा गस्ती कडा गरेपछि बिप्लव समुहका ३ कार्याकर्तालाई पक्राउ परेको प्रहरी उपरीक्षक खत्रीले जनाएका छन । उनीहरुलाई प्रहरीले विहिबार जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…