इँटा भट्टाको खाल्डोमा डुबेर दाजु–बहिनीको मृत्यु !
घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७६ साउन १५ बुधबार, राति १०:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुब्दा रौतहटमा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको हरिपुर नगरपालिका ४ का सञ्जय साहका छोराछोरीको ११ बर्षका अनिश साह र ८ बर्षकी कल्पना साह रहेका छन् । सर्लाही घर भइ बुवा संग रौतहट बस्दै आएका दुबै दाजुबहिनीको चन्द्रपुर नगरपालिका ९ डुमरियामामा इँटा उद्योगले बनाएको खाल्डोमा खेल्न जादा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शब पोष्टमार्टमको लागि चन्द्रनिगाहपर अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पानी जमेका खाल्डा खुल्डीमा बालबालिकालाई नपठाउन र पौडी खेल्न नदिन तथा निगरानीमा राख्न अभिभावकसंग आग्रह गरेको छ ।
घर बाहिरका खाडल, पोखरी तथा नदीहरुमा पानीको मात्रा बढी रहेकोले आफ्ना बालबालिकालाई निगरानीमा राख्न र विशेष ध्यान दिन समेत आग्रह गरिएको रौतहटका डीएसपी नविन कार्कीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…