महोत्तरीमा हात्ती मृत फेला, घांटीमा 'रेडियो कलर' भेटायो
हाती कसरी र किन मरेको सम्बन्धमा प्रहरी र वनकर्मी मिलेर अनुसन्धान गरिरहेको

२०७६ साउन १४ मंगलबार, राति ८:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । महोत्तरीको जँगलमा एक व्यसक हात्ती मृत अवस्थामा फेला परेको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नं. १० लक्ष्मिनिया जङ्गलमा मृत अवस्थामा हाती भेटिएको प्रहरीले जनाएको छ ।
लक्ष्मिनियास्थित पूर्व–पश्चिम राजमार्गदेखि करिब पाँच सय दक्षिणट्टीको जङ्गलमा मंगलबार मृत भेटिएको हातीको घाँटीमा रेडियो कलर रहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले बताए । जङ्गलमा हाती मृत रहेको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय गौशाला र वन विभागका कर्मचारी घटनास्थल पुगेर अनुसन्धान पक्रियालाई अगाडि बढाएका छन् ।
घाँटीमा रेडियो कलर झुण्ड्याउन बेहोस पार्ने औषधीको प्रयोग गरेकै कारण हाती मरेको हुन सक्ने आशंका वन कर्मचारीले गरेको छ । हाती कसरी र किन मरेको सम्बन्धमा प्रहरी र वनकर्मी मिलेर अनुसन्धान गरिरहेको जिल्ला वन कार्यालय बर्दिबासका प्रमुखले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…