राहत वितरणमा राजनीति नगरौं : जुली महतो
चामल, दाल, त्रिपाल सहितका खाद्य र गैरखाद्य समाग्रीहरु राहत स्वरुप वितरण गरिएको छ ।

२०७६ साउन १४ मंगलबार, बेलुकी ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको बाढी प्रभावित मुखियापट्टी मुसरनियामा राहत वितरण गरिएको छ ।
गाँउपालिकाको वडा नं. १ देखि ६ सम्मका बाढी प्रभावित करिव ६ सय परिवारलाई राहत वितरण गरिएको हो ।
जिल्ला विपद व्यवस्थापन समितिको अगुवाई र गाँउपालिकाको आयोजनामा एक कार्यक्रमबीच प्रतिनिधिसभा सदस्य जुली महतो, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल सहितको टोलीले राहत वितरण गरेका हुन् । प्रत्येक वडाको १ सय गरि कुल ६ वडामा ६ सय घर परिवारलाई राहत वितरण गरिएको छ ।
चामल, दाल, त्रिपाल सहितका खाद्य र गैरखाद्य समाग्रीहरु राहत स्वरुप वितरण गरिएको छ । गाँउपालिका धनुषामा अति प्रभावित मध्येका एक स्थानित तह रहेकाले राहत वितरण गरिएको सांसद महतो र प्रजिअ कणेलले बताए ।
गाँउपालिकामा बाढीवाट एकजनाको मृत्यु भएकाले मृतक परिवारलाई भेटेर विपद व्यवस्थापन समितिको तर्फवाट थप एक लाख रुपैया राहत स्वरूप प्रदान समेत गरिएको छ । सांसद महतोले विपदका वेला राजनिति गर्न नहुने भन्दै एक भएर विपद्को सामना गर्नुपर्ने बताइन् ।
राहत वितरण कार्यक्रममा गाँउपालिकाका प्रमुख, उपप्रमुख सहित नेकपाका नेता कार्यक्रताहरुको समेत उपस्थिति थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…