धनुषाका बाढी पीडितलाई आरआरएनद्धारा राहत वितरण
वितरण गरिएका साम्रगीहरु प्रति ब्यक्ति १ एक थानको दरले १० थोक गरी जम्मा ७१ आइटमका सामग्री बुझेका छन् ।

२०७६ साउन ८ बुधबार, बिहान ११:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा बाढी पीडितलाई राहत वितरण गरिएको छ । धनुषाको जनकनन्दनी गाउँपालिकाको वडा नं. १ ईनरबा भन्ने ठाउँको दलित बस्तीमा आरआरएन धनुषाले राहत वितरण गरेको हो ।
नेपाल ग्रामीण पुनर्निर्माण संस्था गैर खाद्यय सामग्री राहत स्वरुप सयबढी घर परिवारलाई वितरण गरेका छन् । बाढी पीडितलाई त्रिपाल, म्याट्रिक, कम्बल, महिलाको लागि सारी, साया, स्यानेटरी नेप्कीन, मेक्सी, स्वीटर, गम्छा, काइयो, नेल कटर, टुथ पेस्ट, टुथ बस्र साबुन, अण्डरवियर लगायत सानो बच्चा तथा ठूलो बच्चाको लागि लुगाफटा वितरण गरिएको हो ।
त्यस्तै खाना बनाउनको लागि भाडा बर्तन, बासको लागि त्रिपाल, म्याट्रिक, कम्बल वितरण गरेका छन् । त्यसैगरी, सामग्रीहरु हाउसहोल्ड किट, हाइजिन किट, सेल्टर किट, बेवी सानो किट, बेबी ठूलो किट, वाटर किट डिग्नीटी किट समेत बाँडिएको हो ।
संस्थाले यसै गाउँपालिकाको अन्य ठाउँमा २५ बढी गरी जम्मा १०० बढी घर परिवारलाई राहत सामाग्री उपलब्ध गराएको संस्थाका क्लस्टर संयोजक खड् भूषण साहले जानकारी दिए । जिल्ला विपद् ब्यबस्थापन समितिको तथा गाउँपालिकाको निर्णय अनुसार सो वडामा बढी प्रभावित देखिएकाले तथा पीडितहरु आर्थिक रुपमा पनि अत्ति विपन्न रहेकाले बस्तीका दलित परिवारलाई राहत बाँडिएको संस्थाले जनाएको छ ।
वितरण गरिएका साम्रगीहरु प्रति ब्यक्ति १ एक थानको दरले १० थोक गरी जम्मा ७१ आइटमका सामग्री बुझेका छन् । यस गाउँपालिकामा आरआरएनका कार्यक्रम बेलायत सरकारको सहयोगमा सामुदायिक विकास कार्यक्रम सञ्चालित छन् ।
राहत वितरण कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष भारती कार्की, कार्यकारी अधिकृत कुलान्नद झा, वडा अध्यक्ष धर्मेन्द्र गोइत लगायत सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो भने आरआरएनका प्रदेश नं. २ का ईन्जिनीयर र संस्थाका अन्य कर्मचारीहरु, वडा अध्यक्ष, सचिवहरु, स्थानीय भद्रभलादमीहरुको समेत सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…