धनुषामा अति खतरनाक डेंगु फेला
सरुवा रोग डेंगुको प्रभावका बाढीको कारण भएको हुन सक्ने अनुमान गरिएको छ ।

२०७६ साउन ५ आइतबार, राति ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लामा डेंगुको विरामी फेला परेको छ ।
अति खतरनाक मानिने यो लक्षण धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ भगवानपुरका दुई जना व्यक्तिमा फेला परेको हो । धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार दुई जनामा डेंगुको प्रभाव देखिएको हो । अस्पतालको जाँच रिपोर्ट अनुसार दुई जनामा उक्त विरामी फेला परेको हो ।
धनुषामा डेंगुको प्रभाव देखिएपछि सरोकारबालाहरुलाई होसियार तथा सक्रिय हुन आग्रह गरिएको छ । महामारीको रुपमा मानिएको डेंगुलाई समयमै रोकथाम गर्नको लागि शिघ्र नै शिविर सँचालन गरी रोकथाम गर्नुपर्ने आवश्यकता देखिएको छ । सरुवा रोग डेंगुको प्रभावका बाढीको कारण भएको हुन सक्ने अनुमान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…