दर्दनाक : 'बाढी त शान्त भयो, तर भोकले राहत भएन' !
बाढीबाट पीडितको सङ्ख्या धेरै छन् तर त्यसको तुलनामा राहत पुगेको छैन ।

२०७६ असार २९ आइतबार, राति ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत बुधबार रातीदेखि नै सुरु भएको अबिरल बर्षाका कारण तराई मधेशका जिल्लाहरु सहित देशको कैयौं जिल्ला डुबानमा परेको थियो ।
शनिबार साँझदेखि बर्षा बन्द भएपछि आईतबार साँझसम्म पनि बर्षा पुनः नआएपछि बाढी पीडितहरुले राहतका साँस लिएका छन् । विगत ४ दिनदेखि पानीमै बसेका बाढी पीडितहरु तथा खाना बनाएर पनि खान नसकेको सयौँ परिवारले पानीको सतह कम भएपनि भोकले राहत दिन सकेको छैनन् ।
बाढीका कारण घर आँगनमा जमेको पानीको सतह कम हुन थालेपछि पीडितहरुले राहत महसुस गर्न थालेका हुन् । गएरातिदेखि पानी नपरेका कारण पानीको सतह कम हुँदै गइरहेको छ । पानीको सतह कम भए पनि खान, बस्न र लगाउने कपडाको समस्या भएको पीडितहरुले बताएका छन् ।
हालसम्म प्रभावित क्षेत्रमा केन्द्रीय सरकारको कुनै राहत पुगेको छैन । स्थानीय तहका जनप्रतिनिधिले भ्याएसम्म सहयोग गरिरहेको छन् । स्थानीय सरकारले आफ्नो क्षमताअनुसार कुनै वडा विशेषमा केही राहतको व्यवस्था गरे पनि सबैको पहुँचमा छैन । अहिलेको मुख्य समस्या भनेको खानेकुरा र पानीको हो । त्यसको अभावमा बाढीपीडितहरु झन् पीडित हुँदै गइरहेको देखिएको छ ।
नेपाल प्रहरी र नेपाली सेना उद्धारमा खटिए पनि सरकारको तर्फबाट खाद्यान्न र लताकपडा अपुुग भएको देखिएको छ भने केही राहतकर्मीहरु केही केही सहयोग जुटाएको देखिएको छ । सहयोग जुटाएपनि चाहिने जति सहयोग हुन नसकेको हो । तराई मधेशमा बाढीको कहरले कैयौँ परिवार विस्थापित भएको अवस्था छ ।
बाढीबाट पीडितको सङ्ख्या धेरै छन् तर त्यसको तुलनामा राहत पुगेको छैन । यस पटक अहिलेसम्म सामाजिक सङ्घसंस्थाको पनि राहत लिएको पुगेको छैन । पीडितहरु छिमेकी गाउँकै सहयोगमा बाँचिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…