सिरहा : औरही गाउँपालिकाको परिषद् जनता समक्ष गर्न माग
जनप्रतिनिधिले लोकतन्त्रलाई मानमर्दन गर्न तुलेको भन्दै गलत शैली र गतिविधिको ज्ञापनपत्र मार्फत् घोर भत्र्सना समेत गरिएको छ ।

२०७६ असार २३ सोमबार, दिउँसो ४:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको औरही गाउँपालिकाका युवाहरुको एक समूहले गाउँपालिका परिषद खुल्ला रुपमा गर्न माग गरेका छन् ।
जनप्रतिनिधिको गलत गतिविधि उपर कडा भएर प्रस्तुत हुँदै आएका स्वतन्त्र युवा समाज औरहीले गाउँपलिकाको परिषद् बन्द कोठामा गर्न लागिएको भन्दै पारदर्शी रुपमा गर्न माग गरेका हुन् ।
उनीहरुले आईतबार जिल्ला प्रशासन कार्यालय सिरहालाई बोधार्थ राख्दै गापा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत सबै वडाका वडाध्यक्षहरुलाई यस्तो माग गर्दै ज्ञापनपत्र बुझाएको अगुवा दिपेन्द्र यादवले जानकारी गराए ।
चालु आर्थिक वर्षको हरहिसाव सार्वजनिक तथा पारदर्शी नै नगरी विगत झैँ गुपचुप रुपमा गाउँ परिषद् गर्न खोजेपछि युवाहरुले जनमुखी जनता समक्ष ‘जन परिषद्’ गर्न माग गरेको छ ।
स्थानीय जनप्रतिनिधिले लोकतन्त्रलाई रक्षा गर्नुको साटो लोकतन्त्रलाई मानमर्दन गर्न तुलेको भन्दै गलत शैली र गतिविधिको ज्ञापनपत्र मार्फत् घोर भत्र्सना समेत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…