सिरहामा एक विद्यालयमा अज्ञात समूहद्वारा आगजनी !
न्यूज ब्यूरो, सिरहा । सिरहामा एक सामुदायिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । सिरहा सदरमुकाममा रहेको बालमन्दिर माध्यमिक विद्यालयमा सोमबार बिहान अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट विद्यालयको प्रशासन फाँटमा रहेको महत्वपूर्ण कागजपत्र जलेर नष्ट जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आगजनीब

२०७६ असार २३ सोमबार, दिउँसो १:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक सामुदायिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।
सिरहा सदरमुकाममा रहेको बालमन्दिर माध्यमिक विद्यालयमा सोमबार बिहान अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीबाट विद्यालयको प्रशासन फाँटमा रहेको महत्वपूर्ण कागजपत्र जलेर नष्ट जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
आगजनीबाट २०४२ सालदेखि विद्यालय सञ्चालन भएको कागजपत्र, शिक्षक, कर्मचारीको विवरण भएका कागजपत्र, विभिन्न आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, विद्यार्थीहरुको विवरणसहितका महत्वपूर्ण कागजपत्र र पुस्तकहरु जलेर नष्ट भएको प्रध्यानाध्यापक संजय यादवले बताए ।
विद्यालयमा कसले र किन आगजनी गर्योबारे खुल्न नसकेको र यसउपर अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…